
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधरण सेयर निष्कासन गर्ने भएको छ । १ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागिएको संस्थाले जानकारी दिएको छ ।
यसका लागि सनराइज क्यािपटल लिमिटेडलाई संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगत वीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस