aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तिन कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
तिन कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

काठमाडौं । पछिल्लो समय तिन कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आइपीओ निष्कासनका लागि निवेदन दिएका हुन् ।  

रिलायबल लाइफ इन्स्योरेन्सले अंकित मूल्य रू. १०० मा रू. ११२ प्रिमिया थप गरी प्रतिकित्ता रू.२१२ मा ६० लाख कित्ता आइपीओ निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन १२ गते निवेदन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।    

त्यस्तै साउन १३ गते उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  

रिभर फल्स पावर लिमिटेडले भने आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि समेत कुल ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   

प्रतिक्रिया दिनुहोस