aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साउन २२ गतेदेखि विक्रीको मिति तय भएको सामलिङ्ग पावरको आईपीओ स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
साउन २२ गतेदेखि विक्रीको मिति तय भएको सामलिङ्ग पावरको आईपीओ स्थगित

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन हाललाई स्थगित भएको छ । कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गर्ने मिति तय गरेको थियो । 

यस अघि इलाममा कोभिड संक्रमणलाई रोक्न साउन १८ गनेसम्म जारी भएको निशेधाज्ञा साउन २५ गतेसम्म लागू गरिएकाले आईपीओ निष्कासन प्रकृया हाललाई स्थगित गरिएको हो । परिस्थिति सहज भएपछि पुनः अर्को सुचना प्रकाशित गरी सार्वजनि निष्कासन तथा विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । 

कम्पनीले पहिलो चरणमा स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गर्न लागेको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ । 

यो शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ । यस पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । उक्त आयोजनाको अनुमानित कुल लाग प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ ।

सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने उक्त अवधिसम्म कम्पनी १० लाख नोक्सानीमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस