
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहु प्रतिक्षित होण्डाको सीबी ३५० आरएस नेपालीबजारमा सार्वजनिक भएको छ ।
नेपालमा होण्डा सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।
आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइकपारखीहरुको लागिनिर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइकडूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक िवथपर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी दुई विभिन्न रङ्गहरुमा उपलब्ध छ ।
एडभान्स डिजिटल एनालगमिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरैमध्येका केहि विशेषताहरु हुन् ।
नेपाली बजारमा यस सीबी ३५० आर कोमूल्य ७ लाख ७५ हजार तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस