aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित १० दशमलव ५३ प्रतिशत लाभांश बिहीवार पारित गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारण सभा सम्पन्न गरी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गरेको छ । 

बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमव ३७ प्रतिशत नगद लाभांश गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस