aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आईएमई लाइफमा बीमा गरेको दुई वर्षमै खड्काको मृत्यु, एक करोड भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
आईएमई लाइफमा बीमा गरेको दुई वर्षमै खड्काको मृत्यु, एक करोड भुक्तानी

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको दुई वर्षमै मृत्यु भएको एक परिवारलाई बिमांक रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको हो ।       

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् ।

उक्त क्रार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए । 

खड्काले कम्पनीको प्रदेश १ को शाखा कार्यालय गाईघाटबाट मिति २०७६ असार ३१ मा जीवन बीमा गरेका थिए । खड्काको २०७८ असार १५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।   
 

प्रतिक्रिया दिनुहोस