aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेबिको बिस्कुट कारखानाको आगलागी अझै नियन्त्रणमा आएन (भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ साउन २०७८

काठमाडौं । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानाको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ः३० बजेदेखि आगलागी भएको हो। काठमाडौं उपत्यकाका सबै दकमले आगो निभाउने प्रयास भइरहेको कम्पनीका मार्केटिंग तथा अनुसन्धान विमाग प्रमुख अरुण पौडेलले जानकारी दिए । 

उनले भने, 'आगो निभाउने कोशिस भइरहेको छ ।' आगो नियन्त्रणमा आउने देखिएको छैन उनले भने, दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

आगलागीको कारण र क्षतिको विवरण भने नखुले  प्रहरीको भनाई छ। आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस