aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गणपति माइक्रोफाइनान्सको आईपीओ आजबाट खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
गणपति माइक्रोफाइनान्सको आईपीओ आजबाट खुल्यो

रसुवागढी, साञ्जेन, नेपाल एग्रोलगायतका कम्पनीको बजारमा आईपीओ खुलिरहेका बेला आज वैशाख ९ गते देखि गणपतिको माइक्रोफाइनान्सको  आईपीओ खुलेको छ । 

कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ निष्काशन गरेको छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सकिन्छ । 

यो आईपीओ छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गतेसम्म बन्द हुनेछ ।

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्ता पुँजी  १० करोड ३५ लाख पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ गत आर्थिक मसान्तसम्म  ७७ दशमलव ७३ रहेको छ । 

कुल ३ लाख ३५ हजार कित्ता आईपीओमध्ये ५ हजार १६७ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहकि लगानी कोषलाई छुट्टाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस