aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एचआईडिसीएलले शतप्रतिशत हकप्रदमा आवेदन दिने अवधि १५ दिन थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ साउन २०७८
एचआईडिसीएलले शतप्रतिशत हकप्रदमा आवेदन दिने अवधि १५ दिन थप

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर खरिद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिन अवधि थप गरी भदौ ८ गतेसम्मका लागि तय गरेको हो । कोभिडका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरिएको जानकारी दिएको छ । 

कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्् । हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । भौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेभौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेछ । 

उपत्यका वाहिरका लागि भने ग्लोबल आइएमई बैंकको पोखरा, विराटनगर, जनकपुर, वीरगंज, हेटौडा, नारायणगढ, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ , धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस