
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षभन्दा ५ दशमलव ८७ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ७४ करोड ५५ लाख ९० हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ७० करोड १८ लाख ३४ हजार खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ५ दशमलव १९ प्रतिशत कम भएको छ । कम्पनीको विद्युत विक्री आम्दानी कम हुँदा नाफामा असर परेको हो । अघिल्लो वर्ष रू. ११ अर्ब ४ करोड ७ लाख ३९ हजार विद्युत विक्रीबाछ आम्दानी गरेको कम्पनीले गत वर्ष १ दशमलव ११ प्रतिशत कम रू. ११ करोड २ करोड ८० लाख ५२ हजार आम्दानी गरेको हो ।
विद्युत आम्दानी कम हुँदा कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्ष रू. ७९ करोड ५३ लाख ७७ हजार रहेकोमा गत वर्ष रू. ७५ करोड ४१ लाख २३ हजार भएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा १० दशमलव ३९ प्रतिशत कम भएको छ ।
अघिल्लो वर्ष रू. ४ अर्ब ३० करोड ३७ लाख १८ हजार रहेको जगेडा कोष रकम गत वर्ष रू. ३ अर्ब ८५ करोड ६५ लाख ८२ हजारमा खुम्चिएको हो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ११ दशमलव १७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव ४ रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. १७५ दशमलव ३७ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस