aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ साउन २०७८
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७५/७६ को लागि हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

 कम्पनीको साउन २४ गतेको सञ्चालक समितिको बैठकले बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस