
काठमाडौं । सिनर्जी पावर कम्पनीले १० दशमलव ५० प्रतिशत लाभांशसँगै ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको साउन २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कायम चुक्तापूँजी रू. ७३ करोड ३२ लाख ५० हजारको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्तावित १० प्रतिशत बोनस शेयरपश्चात कायम ुहने चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस