
काठमाडौं । बजाज पल्सरलाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पल्सर भएको छ। यो कार्यक्रम आउ सेप्टेम्बर २५ मा काठमाडौंके त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो कार्यक्रमको सञ्चालन हुनेछ । १४ दित्ते प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरू रहेका छन्। टोलीहरुको नाम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन्।
जब विश्वव्यापी क्रिकेटका व्यक्तित्वहरु पिथमा उत्रिनेछन् तब यो प्रतियोगिताको स्टेजमा जागी लाग्नेछ । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ का केहि स्टार खेलाडीहरुमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट वेस्ट इन्डिज हरु सामेल रहेका छन् ।
गोल्स ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, ‘बजाज पल्सरलाई सधै नेपाली युवाहरुले माया गरि दिनु भएको छ । हालैका वर्षहरुमा क्रिकेट पनि नेपाली युवाहरुको जोश बनेको छ । यसैले हामी नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता इंपीएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौ। हामीले सधै नेपालमा खेलकुदलाई बढावा दिएका छ र वर्षीदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएका छौ।’
उनका अनुसार यो एसोसिएसनले पक्कै पनि देश भरीबाट धेरै गुणस्तरीय खेलाडीहरुलाई जन्म दिनेछ, र हामीलाई जाशा छ कि उनीहरु पनि राष्ट्रिय टोलीको लागी नयाँ खोजको रूपमा स्थापित हुनेछन्। बजाज पल्सर नेपालमा खेलकुदको विकासको लागि हरदम हरपल प्रतिबद्ध छ र रहिरहने छ ।
त्यस्तै, ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने, ‘पीएलले आफ्नो स्थापनाकालदेखि नै नेपाल र विदेशका क्रिकेट प्रेमीहरुबाट ठूलो ध्यान जुटाउन सफल भएको छ र मार्केटिंग क्षेत्रमा पनि यसको परिणाम स्वरूप प्रभाव देखिएको छ। हामी सधै पक्का छौ कि जुन ब्रान्डलाई ईपीएलले सधैं प्रायोजन गर्दछ त्यो ब्रान्डको ईपीएलको समापन पछि सधैं नै उच्च सम्मान रहन्छ। बजाज ब्रान्ड उत्कृष्टताको एक उदाहरण हो र सत्य यो हो कि हामी ईपीएलमा लगातार उत्कृष्टताको लागी प्रयास गरिरहेका हुन्छौँ ।’
बजाज पल्सर सधै नेपालमा क्रिकेटको समर्थन गर्न उत्सुक छ यो संघले युवा क्रिकेटरहरुलाई अवसर प्रदान गरी देशमा खेललाई बढावा दिनमा मद्दत गर्दछ । नेपालमा अत्यन्त लोकप्रिय रहेको यस लिगले युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतिभासँग खेल्नेको अनुभव प्रदान गर्दछ जसले नेपाली क्रिकेटलाई धेरै फाइदा पुर्याउँनेछ ।
प्रतिक्रिया दिनुहोस