aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विषादी परीक्षण अनिवार्यरुपमा गर्न माग गर्दै सर्वाेच्चमा रीट दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
विषादी परीक्षण अनिवार्यरुपमा गर्न माग गर्दै सर्वाेच्चमा रीट दायर

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियानले भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता गरेको छ ।

अभियानका तर्फबाट अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रिट दर्ता गर्दै भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्न आदेश माग गरेका छन् ।

‘मौलिक हकसँग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सूचनालाई सच्याउन मिल्दैन भन्ने पनि हाम्रो माग रहेको छ’, अधिवक्ता नेपालले भने ।

विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन् । रीटमाथिको पहिलो छलफल बुधबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस