aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नाङ्ग्लो रेस्टुरेन्टका संस्थापक तथा होटल संघका पूर्वअध्यक्षको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ साउन २०७८
नाङ्ग्लो रेस्टुरेन्टका संस्थापक तथा होटल संघका पूर्वअध्यक्षको निधन

काठमाडौं । नाङ्ग्लो रेस्टुरेन्टका संस्थापक  श्याम कक्षपतिको सोमबार थाइल्याण्डको बैंककमा निधन भएको छ। चेन रेस्टुँरेन्ट नाङ्ग्लो रेस्टुरेन्टका प्रमुख संस्थापकमध्येका एक कक्षपतिले बेकरी क्याफे चेन रेष्टुराँ खोलेर ब्राण्डिङ गरेका थिए। कक्षपति होटल संघ नेपालका पूर्व अध्यक्ष समेत हुन्।

क्यान्सरबाट पीडित कक्षपति करिब दुई महिना अगाडि उपचारका लागि  थाइल्याण्डको बैंककको ब्रुमुनगार्ड अस्पताल पुगेका थिए।  नाङ्ग्लो रेस्टुरेन्टबाट  श्याम कक्षपतिले आफ्नो परिचय बनाएका थिए । २०३३ सालमा उनले दरबारमार्गमा नाङ्लो बेकरी क्याफे खोलेका थिए। उनको घराइसी झगडाका कारण नाङ्लो बन्द भएपछि दरबारमार्गको सोही स्थानमै ुस्याम्स वान ट्रिु क्याफे सञ्चालन गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस