
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलवार सर्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले करिब २ करोड खुद नाफा गरेको छ । गत चौथो त्रैमाससम्म कम्पनीले रू. १ करोड ८४ लाख १० हजार खुद नाफा गरेको हो ।
गत जेठ १ गतेदेखि कम्पनीले निर्माण गरेको २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुन थालेपछि कम्पनीले आम्दानी गर्न थालेको हो । गत चौथो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट रू. ४ करोड ८ लाख २७ हजार बराबरको विद्युत विक्री गरेको छ ।
उक्त अवधिसम्म कम्पनीको सञ्चालन नाफा भने रू. ३ करोड ५१ लाख ४२ हजार छ । हाल रू. १ अर्ब ४४ करोड ४ लाख चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोषमा रू. १ करोड ८४ लाख रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ५ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव २८ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने ६६ दशमलव ११ गुणा छ ।
प्रतिक्रिया दिनुहोस