
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावर लिमिटेड रू. ३ करोड ३ लाख ४५ हजार खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी रू. ४ करोड ३४ लाख ६६ हजार खुद नोक्सानीमा रहेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नोक्सानीमा भने कमि आएको हो ।
नेपाल विद्युत प्राधिकरणसँग भएको पिपिए सम्झौता अनुसार बर्षा याममा सम्झौता भए अनुसारको विद्युत खरिद नगरेकाले नोक्सानी भैरहेको कम्पनीले जानकारी दिएको छ । अघिल्लो वर्ष रू. ७ करोड ७३ लाख १७ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७ करोड १ लाख २१ हजार मात्र आम्दानी गरेको छ । अन्य शिर्षकबाट भने अघिल्लो वर्ष रू. १२ लाख २९ हजार आम्दानी गरेकोमा गत वर्ष रू. १ करोड ४ लाख २० हजार आम्दानी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख रहेको छ । जगेडा कोष रकम भने रू. २० करोड ५३ लाख ६६ हजार ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १७ करोड ५० लाख २१ हजार ऋणात्मक थियो । अघिल्लो वर्षभन्दा गत वर्ष जगेडा कोषको ऋणात्मक रकममा भने बृद्धि भएको छ । खुद नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २२ दशमलव २१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस