aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मानुषी लघुवित्तको आईपीओमा २१ गुणा बढीको शेयर माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
मानुषी लघुवित्तको आईपीओमा २१ गुणा बढीको शेयर माग

काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साझ ५ बजेसम्म ५ लाख ८१ हजार ६३३ जना आवेदकहरुबाट ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आइपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ । 

हाल कम्पनीको चुक्ता पूँजी रू. ७ करोड रहेको छ । आइपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । 

साथै, मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस