
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजिनामा दिएका छन । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उहाँले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाएका हुन ।
तेह्र महिना पहिले उनी दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त भएका थिए । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर राजिनामा दिएको उनले बताएका छन ।
उनको राजिनामा पत्रमा रेल सञ्चालनका लागि सबै किसिमको तयारी पूरा भइसकेको उल्लेख छ । शून्य अवस्थामा रहेको कम्पनीमा उपकरण र जनशक्तिलगायतका रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस