काठमाडौं । उपत्यका भित्र एघार हजार ५ सय भन्दा बढी ट्याक्सी संचालनमा आएका छन् । ट्याक्सी चालकले मनपरी रुपमा भाडा असुली रहेको आरोप उपभोक्ताको छ । सरकारले वि.स.२०६९ साल देखि वैज्ञानिक भाडा समायोजन गरेको छैन । मिहेनत र लगानी अनुसारको ट्याक्सी भाडा माग्दा ट्याक्सी ब्यवसायीले ठगेको नभई सरकारले नै ठगेको ट्याक्सी व्यवसायीको दावी छ ।
दोलखा कालिन्चोक गाउँपालिका ९ का रमेश वली हाल बागबजार बस्दै आएका छन् । २०६८ सालबाट ट्याक्सी चलाउन थाले । गरिबी र बेरोजगारीले साझ बिहानको छाक टार्न समेत गाहे भए पछि रोजगारी खोज्ने शिलशिलामा काठमाडौ आएका हुन् ।
काठमाडौंको विरानो र महंगी शहर आफुलाई टिकाउन अफठ्यारोका वाबजुद पनि संघर्ष गरिरहेको सुनाउछन् । पहिलो पटक उनी काठमाडौं आएर टुडिखेल भित्र टिसर्ट र पाइन्ट बेच्नेको कुरा सुनाए । उनको त्यो सानो व्यापारले दैनिकी राम्रै चलिरहेको बताए ।
आफु कहिल्यै पनि कामलाई सानो भनेर पछाडी नहट्ने व्यक्ति मध्येको एक भएको सुनाए । महानगरपालिकाले टुडिखेल भित्र व्यापार गर्न नपाउने भनेर विस्तापित गरेपछि त्यो व्यापार गर्न छोडेका छोडेको वलीले बताए । त्यसपछि ड्राइभिङ सिकेर नेपाल ट्याक्सी व्यवसाय संघबाट भाडामा लिएर ट्याक्सी चलाउन थाले ।
रमेश भन्छन् ट्याक्सी चलाउदा जम्मा पारेको पैसाले अहिले आफ्नै नीजि ट्याक्सी चलाउन थालेको छु । कति त लोन नै छ एकातिर छोराछोरी र श्रीम्रती अर्कोतिर महंगी छ । मिहेनत र लगानी अनुसारको ट्याक्सी भाडा माग्दा ट्याक्सी चालकले ठग्यो भन्छन् उपभोक्ता तर उपभोक्तालाई हामीले होइन सरकारले ठगेको हो, सरकारले वि.स.२०६९ साल देखि वैज्ञानिक भाडा समायोजन गरेको छैन । हामी कति मार्कामा छौ उपभोक्तलाई के थाहा छ भनेर आफ्नो गुनासो सुनाए ।
रमेश भन्छन् इन्धनको भाउ बढ्दा सार्वजनिक सवारीको भाडा बढिहाल्छ । ट्याक्सीमा बढ्दैन, अहिले कुनै पनि ट्याक्सी मिटरमा जान आनाकानी गर्छन् । भाडा अद्यावधिक नभएकाले सबैलाई मार्का परेको छ । कुरा जति सुनाए पनि जीवन त धान्नै पर्यो । त्यसैले चालक आफ्नो जोहो आफैं गर्न थालेका हुन् यसो नहुन दिन वैज्ञानिक भाडादर समायोजन हुनु प¥यो । हामी त्यसै अनुसार चल्ने थियौ सरकारलाई हाम्रो मतलब छैन किन हामीले सरकारको मतलब गर्नु भन्छन् । तर पनि हामीले यात्रुलाई भने ठगेको छैन त्यो त उनीहरुलाई लाग्ने मात्र हो हामीले ठगेको जस्तो ।
भाँडा बढी लिनु पर्ने बनाउने नि सरकार दोषी नि सरकार नै हो हामी त सेवा मात्र दिइरहेका हौ नकि ठग्ने उद्देश्यले चलाएका हौ ।
आखिर उपभोक्तालाई ठगेर कमाएकै हो त पैसा ?
कमाएको देखेर ठगेको भनेका होलान् हाम्रो मिहेनतलाई हर्ने जो कोहीले ठगेको भन्दैन् जस्तो लाग्छ । एउटा सरकारी कर्मचारी बिहान १० बजे अफीस जान्छ र साझ ५ बजे घर फर्किन्छ उसले बाँकि समय आफ्नो परिवारलाई दिन्छ ।
हामी विहान मान्छे बिउझे देखिन नसुतुन्जेल सम्म उनको सेवाको लागि रहेका हुन्छौ तर त्यो बाफत हामी पनि आफ्नो घर परिवार पाल्नको लागि केही मिहेनतले कमाएको पैसालाई ठगेको मान्छन् भने हाम्रो ठाउँमा आएर हाम्रो पिडा भोगुन अनि थाहा हुन्छ । दिनभरी ट्याक्सि हाक्यो आफुसंग बाकि रहने पैसा भनेको त्यै १५ सय देखि २ हजार होला । त्यो पैसाले नुन देखि सुन सम्म सबै किन्नु पर्ने हुन्छ ।
नेपाल ट्याक्सी मिटर व्यवसाय संघका अध्यक्ष अर्जुन गौतमको भनाई
हामीले सरकारसंग कुरा राख्न नखोजेको होइन । अनसनसम्म बस्यौं त्यसका साथै शान्तिपूर्ण आन्दोलन गरेर गाडीको पछाडी ट्याक्सी मजदुरका समस्या टासेर नि हिड्यौ तर उल्टो सरकारले त्यो हटाउन लगायो जे गरे पनि हामी मात्र दोषी भयौं । हामीलाई त मान्छे ठगेर हिड्ने जस्तो बनाई सक्यो सरकारले । ट्याक्सी व्यवसाय गर्छु भनेर गर्व गर्ने ठाउँ छैन, नेपाल ट्याक्सी मिटर व्यवसाय संघका अध्यक्ष अर्जुन गौतमले भने ।
अध्यक्ष गौतमले भन्छन् “ट्याक्सी चालकले ठगेको भन्ने मलाई लाग्दैन धेरै चालकले किस्तामा ट्याक्सी लिएका छन् । यतिका धेरै लगानी उठाउन चालकलाई गाह्रो छ । दिनभर काम गर्दा पनि किस्ता तिर्ने पैसा पुग्दैन । जीविका धान्नै गाह्रो हुँदा पनि सरकारबाट सुनुवाइ भएको छैन् । बजारको भाउ भने बर्षेनि बढेको छ । वि.स.२०६९ सालमा पाइने पाटपूर्जाको भाउ र अहिले के कुरा गर्नु आकाश पताल कै कुरा छ ।”
सरकारले गरेको ढिलाईको कारण उपभोक्तालाई मार्का भएको हो । सरकारले गर्ने समायोजनको कार्यमा छिटो नगरे यो समस्या हुने गौतमको भनाई छ ।
प्रतिक्रिया दिनुहोस