aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चार अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको सूर्या लाईफको नाफा ३२ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ साउन २०७८
चार अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको सूर्या लाईफको नाफा ३२ करोडभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सूर्या लाईफ इन्स्योरेन्सले रू. ३२ करोड ३२ लाख भन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २३ प्रतिशत बढी हो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीले ४७ प्रतिशत बढी रू. ४ अर्ब २६ करोड ३७ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।  

कुल दाबी भुक्तानी भने गत वर्ष रू. ८९ करोड ७० लाख ८८ हजार भएको छ । ५ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २६ करोड २८ लाख ९५ हजार पुगेको छ भने जगेडा कोष रकम २५ दशमलव २५ प्रतिशत बढेर रू. ८३ करोड ७६ लाखभन्दा बढी कायम भएको छ ।  

कम्पनीको जीवन बीमाकोष रकम पनि अघिल्लो वर्षभन्दा ४३ दशमलव ५४ प्रतिशत बढी रू. १० अर्ब ६६ करोडभन्दा बढी कायम भएको छ । गत वर्ष चौथो त्रैमाससम्म कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत बढी रू. १ अर्ब १६ करोड ३० लाख बराबरको बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ३९ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस