
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले रू. ५ करोड ९० लाख १८ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ३७५ दशमलव ७६ प्रतिशत बढी भएको हो ।
अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको कुल आम्दानी ३८ दशमलव ६७ प्रतिशत बढी हुँदा नाफामा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष रू. १७ करोड ५० लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. २४ करोड २७ लाखभन्दा बढी यो आम्दानी गरेको हो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको अन्य सञ्चालन खर्च भने ३ प्रतिशत बढी भएको छ ।
अघिल्लो वर्ष रू. १३ करोड ५४ लाखभन्दा बढी अन्य सञ्चालन खर्च गरेको कम्पनीले गत वर्ष रू. १३ करोड ९६ लाखभन्दा बढी यो शिर्षकमा खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५६ करोड रहेको छ । जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ५ दशमलव ८४ गुणा बढी कायम भएको छ । अघिल्लो वर्ष रू. १ करोड २५ लाखभन्दा बढी रहेको जगेडा कोष रकम गत वर्ष रू. ७ लाख ५३ लाखभन्दा बढी कायम भएको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव २२ देखि बृद्धि भई रू. १० दशमलव ५४ पुगेको छ भने प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २४ देखि बृद्धि भई रू. ११३ दशमलव ४६ पुगेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात भने रू. ४० दशमलव ७८ गुणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस