aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

घलेम्दी हाइड्रो १ करोड ७२ लाखभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ साउन २०७८
घलेम्दी हाइड्रो १ करोड ७२ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी रू. १ करोड ७२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीको खुद नोक्सानी रकम रू. ३ करोडभन्दा बढी थियो । 

गत वर्ष विद्युत विक्री आम्दानी बढेसँगै कुल आम्दानी २४७ दशमलव ६६ प्रतिशत बृद्धि हुँदा कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । अघिल्लो वर्ष रू. ७५ लाख ९६ हजार कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. २ करोड ६४ लाख ८ हजार यो आम्दानी गरेको हो । गत वर्ष अन्य आम्दानी भने भएको छैन । 

विद्युत विक्रीबाट मात्र कम्पनीले उक्त आम्दानी गरेको हो । अघिल्लो वर्षभने कम्पनीले अन्य शिर्षकमा रू. ३ हजार आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ५५ करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ करोड ५२ लाखभन्दा बढी ऋणात्मक रहेको छ । 

कम्पनीले दिर्घकालिन कर्जा रू. ८५ करोड ४९ लाखभन्दा बढी र अल्पकालिन कर्जा रू. ८ करोड ९२ लाखभन्दा बढी लिएको छ । गत चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव १४ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव ७७ छ ।  
 

प्रतिक्रिया दिनुहोस