
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म पाँचथर पावर कम्पनी लिमिटेड रू. ३ करोड ७५ लाख ७८ हजार खुद नाफा गरेको छ । बिहीवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा कम्पनीको खुद नाफा ६० दशमलव ७१ प्रतिशत कम भएको हो ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ९ करोड ५६ लाख ३३ हजार खुद नाफा गरेको थियो । गत वर्ष विद्युत विक्री आम्दानी २० दशमलव १९ प्रतिशत घटेको छ भने ३१५ दशमलव ४१ प्रतिशत बढी प्रत्यक्ष खर्च भएको छ । यसर्थ पनि कम्पनीको खुद नाफामा असर परेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९६ करोड २५ लाख रहेको छ । जगेडा कोष रकम भने रू. ४ करोड ५६ लाखभन्दा बढी ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ८ करोड ३१ लाखभन्दा बढी ऋणात्मक थियो । कम्पनीको कुल सम्पत्ति रू. २ अर्ब ३६ करोडभन्दा बढी छ भने कुल दायित्व रू. १ अर्ब ४४ करोडभन्दा बढी छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव २५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस