
काठाडौं । भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज रद्द गर्ने चेतावनी पत्र पठाएको छ । नेपालले सम्झौताअनुसार २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि सम्झौता रद्द गर्ने भारतले चेतावनी दिएको हो । कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।
भारतको कोनकाण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।
नेपालले भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसकेको भन्दै दुःख पनि व्यक्त गरिएको छ ।
बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो । पाँच महिनाअघि मे २१, २०२१ मा रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस