aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ अब नेपाली बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ अब नेपाली बजारमा

काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड, ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजार मा प्रवेश गरेको छ । साउन २८ मा आयोजित गरीएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरक को रूप मा एसपिजी अटोमोबाइल्स संग सम्झौता पत्र हस्ताक्षर गरीएको छ । 

चेरी २००३ देखि चीन को सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रबेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ ।

चेरी इन्टरनेशनलका अध्यक्ष झाङ गबिङका अनुसार यस दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ । 

साथै, नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधन गर्ने आयोजना रहेको पनि उनले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस