
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले भदौ ३० गते २४ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको साउन २८ गतेको सञ्चालक समितिको बैठकले संस्थाको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
यस अघि कम्पनीले गत बैशाख ३१ गते यो सभा आव्हान गरेको थियो । सो समयमा कोभिडका कारण सरकारले निषेधाज्ञा गरेका कारण सभा स्थगित भएको थियो ।
कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धि प्रस्ताव सहित सञ्चालनको निर्वाचन गर्नका लागि सभा आव्हान गरेको थियो । उक्त प्रस्ताव सहित आव्हान गरिएको सभा प्रयोजनका लागि कम्पनीले भदौ ८ गते एक दिन बुक क्लोज गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस