
सिभिल बैंक लिमिटेड (Civil Bank Ltd.) को १४ दशमलव ८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकको वैशाख २७ गते सातौ र आठौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई अमृतभोग, कालिका स्थान डिल्लीबजारमा बोलाएको छ ।
बैंकले आव २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ ।
बैंकले आव २०७४/७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
साधारण सभामा वार्षिक प्रतिवेदनमा छलफलगरी पारित गर्ने, सर्वसाधाण र संस्थापक तर्फ तिन तिन जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने विषय रहेको छ ।
उक्त बोनस शेयरपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ पुग्नेछ । सिभिलले साधारण सभा गर्न मंगलबार वैशाख १० देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।
प्रतिक्रिया दिनुहोस