aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

समग्रमा मौद्रिक नीति सकारात्मक छ : नाडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० साउन २०७८
समग्रमा मौद्रिक नीति सकारात्मक छ : नाडा

काठमाडौं । २०७८/७९ को मौद्रिक नीतिलाई नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनले स्वागत गरेको छ । शुक्रबार नेपाल राष्ट बैंकले आर्थिक वर्ष २०७८र७९को लागि जारी भएको मौद्रिक नीतिले अटो मोबाइल्स क्षेत्रका लागि सकारात्मक असर पार्नेभन्दै नाडाले स्वागत गरेको हो ।

 मौद्रिक नीतिमा विद्युतिय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राखेको छ । त्यस्तै सवारी साधनको लागि आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि सहुलियत ऋण प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाइनुले विद्युतीय सवारी साधनको पूर्वाधार बनाउन सहयोग पुग्ने नाडाले बताएको छ ।  
 सो मौद्रिक नीतिमा कोभिड १९ महामारीबाट अति प्रभाववितक्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नु पर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक बर्षसम्म थप गरेकाले यो क्षेत्रले थप राहत महशुस गरेको नाडो जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात संचालन÷मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन रु २ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाइने छ ।  ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने रु २५ लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्थाले सार्वजनिक व्यवसाय सञ्चालनका लागि प्रोत्साहन हुने नाडाको ठम्याइ छ । 

यातायातक्षेत्रको पुनरुत्थानको लागि व्यववसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने बताइएको छ । त्यसैगरी कोभिड १९ महामारीले समग्र अर्थतन्त्रमा पारेको प्रभाव समेतलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गरेका ऋणी फर्म, कम्पनी वा संस्था लगातार २ बर्षसम्म  खुद नोक्सानीमा रहेमा सुक्ष्म निगरानी बर्गमा बर्गिकरण गर्नु पर्ने व्यवस्था गरेको छ । 

 परिवर्तनगरी लगातार ३ बर्षसम्म खुद नोक्सानीमा रहेमा मात्र सुक्ष्म निगरानी बर्गमा बर्गिकरण गर्नु पर्ने व्यवस्था समेत गरेको छ । यसले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड १९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयले विश्लेषणगरी किस्ता रकम घटार्ई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था गरिने छ । 

त्यसैगरी उक्त मौद्रिक नीतिले निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई÷इक्यूआई वा अन्य सांवा व्याज भुक्तानी गर्न नसकेको ग्राहकहरुको वित्तीय स्थिति बंैक तथा वित्रीय संस्थाले मूल्याङ्कनगरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गरेको प्रति नाडाले स्वागत गरेको छ ।  

नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने छ समेत भनिएको छ । यसबाट नीजिक्षेत्रले समेत खोप उत्पादनगरी सामाजिक उत्तरदायीत्व निर्वाह गर्ने अवसर पाउने देखिएको छ । यस मौद्रिक नीतिको समग्र रुपमा मूल्याङ्कन गर्दा देशको आर्थिकक्षेत्रमा सकारात्मक प्रभाव पार्ने स्पष्ट रुपमा देखिएको नाडाको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस