aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिखर इन्स्योरेन्सको नाफा ४६ करोड ५७ लाख पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
शिखर इन्स्योरेन्सको नाफा ४६ करोड ५७ लाख पुग्यो

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्षको चौथो त्रैमासम्ममा ५.६८ प्रतिशतले नाफा बढेको छ । कम्पनीले गत वर्षको नाफा ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४५ करोड १ लाख ८४ हजार खुद नाफा कमाएको थियो । 

गत वर्षको आम्दानीका अनुसार कम्पनीको प्रतिशेयर आम्दानी प्रभावित भएको हो । प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसाले घटेर २७ रुपैयाँ ५ पैसामा आएको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा वार्षिक थियो । 

यसअवधिमा खुद बिमा शुल्क ९.५५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ७६ लाख १ हजार पुगेको छ । बिमा कोषको आकार २२.५० प्रतिशतले बढेर १ अर्ब २९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ १५ पैसा छ । चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ छ । 

प्रतिक्रिया दिनुहोस