aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

अर्को राइड शेयरिङ एपले कमाउने मौका दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
अर्को राइड शेयरिङ एपले कमाउने मौका दिँदै

काठमाडौं । साहारा एप राइड शेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन  सफल भएको छ । साहारा एपमादैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढि रहेका छन् । बजारमा रहेका अन्य कम्पनीभन्दा सस्तो र गुणस्तरिय सेवाप्रवाहको कारण साहारा एप छोटो समयमा नै लोक प्रिय राइड शेयरिङ बन्न सफलभ एको अध्यक्ष शेखर श्रेष्ठको दावी छ ।

राइडर र ग्राहकमाझ साहारा एपलो कप्रिय रहेको छ । एपबिजनेश ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको  हो  । हाल काठमाडौ ंउपत्यकामात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड शेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोग गरिएको कम्पनीको दावी छ ।

साहाराएप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्ति गत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथैग्राहकले पनिसाहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडरले साहारा पार्टनर र ग्राहकले साहारा एप डाउनलोड गर्नु पर्ने हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस