aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुप पावरले २० प्रतिशत बोनसपश्चात २०० प्रतिशत हकप्रद विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
ङादी ग्रुप पावरले २० प्रतिशत बोनसपश्चात २०० प्रतिशत हकप्रद विक्री गर्ने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको साउन ३१ गतेको सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर वितरण गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 
कम्पनीले विक्री गर्ने निर्णय गरेको हकप्रद शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकायले स्वीकृति दिएपछि मात्र सार्वजनिक निष्कासनमा आउनेछ । 
 

प्रतिक्रिया दिनुहोस