
एजेन्सी । गायनको रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि भारतको उत्तराखण्डका पवनदीप राजनले जितेका छन्। पवनले अन्य प्रतिस्पर्दी सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमापछि पार्दै उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।
आइतबार राती भएको अन्तिम प्रतिस्पर्दामा अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् । १२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो। २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त छन् ।
नेहा कक्कड विगतका धेरै सिजनबाट इन्डियन आइडल शो को जज गर्दै थिईन् तर अब भने उनी ब्रेक लिन चाहान्छिन्। उनी धेरै बर्षदेखि कडा मेहनत गरीरहेकी छिन् र उनले धेरै उचाइ पनि हासिल गरेकी छिन्। तर, नेहा अब उनको पति रोहनप्रीतसंग केहि समय बिताउन चाहान्छिन । यहि कारण हो कि उनी शो इंडियन आइडल १२ को जजको काम विचैमा छोडिन। उनी सोनू कक्कड उनीका दिदीको शोमा प्रतिस्थापित भइन र उहि शोको अन्त्यसम्म रहिन।
प्रतिक्रिया दिनुहोस