aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन लाइफ इन्स्योरेन्सले आर्जन गर्यो १५ अर्ब ४० करोड कुल बीमाशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
युनियन लाइफ इन्स्योरेन्सले आर्जन गर्यो १५ अर्ब ४० करोड  कुल बीमाशुल्क

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १६ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले आव २०७७/७८ मा १५ अर्ब ४० करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ८ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।२ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ६५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी  ३४ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले २ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने २५ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत १ अर्ब २० करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ ।साथै, कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६ पैसा, प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७३ पैसा, प्रतिसेयर कुल सम्पत्ति ५०१ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस