aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल लाइफ इन्स्योरेन्सको नाफा ४० करोड १२ लाख ,अन्य सूचकांक कस्तो छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
नेशनल लाइफ इन्स्योरेन्सको नाफा  ४० करोड १२ लाख ,अन्य सूचकांक कस्तो छ  ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३९ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा १२ अर्ब ५४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ९ अर्ब २२ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८८ करोड २४ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४२ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ अर्ब ९२ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा, पिई रेसियो ९७.३० गुणा, प्रतिसेयर कुल सम्पत्ति १४९० रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस