aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
युनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा उल्लेख्य वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा गरेको छ । आर्जन गर्न सफल भएको हो । कम्पनीले अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा ३३०.३८५५ प्रतिशतले बढ्यो नाफा बढाएको हो ।

कम्पनीले आव २०७७ र ७८ मा १ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो । कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैयाँ, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा, पिई रेसियो ९७.९५ गुणा, प्रतिसेयर कुल सम्पत्ति २५९ रुपैयाँ ५८ पैसा रहेको छ ।

कम्पनीले गत आवमा लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले कुल ४८ करोड ७४ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने ९३ करोड ३१ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको जनाएको छ । कम्पनीले अभिकर्ता कमिसन वापत २ करोड १९ लाख रुपैयाँ खर्च गरेको पनि जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस