aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

यामाहाका मोटरसाइकल नेपाल प्रहरीलाई हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
यामाहाका मोटरसाइकल नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौं । यामाहाले एफ जेड २५ र सालुटो नामका दुईवटा मोटरसाइकलहरू नेपाल प्रहरीलाई प्रदान गरेको छ । कालिमाटी प्रहरी बीटमा साउन ३२ गते सम्पन्न हस्तान्तरण समारोहमा यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्री, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंह र प्रहरी उपरिक्षक  अपिल राज बोहराको उपस्थिती थियो । शान्तिपूर्ण गस्तीका निम्ति नेपाल प्रहरीले यी मोटरसाइलहरूको प्रयोग गर्नेछ ।

ूसामाजिक कार्यहरूमा सामेल हुन र राष्ट्रको सुरक्षाबललाई सहयोग गर्न पाउनु सदैव अहोभाग्यको कुरा होू, यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्रीले भने ।
 

प्रतिक्रिया दिनुहोस