
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको लागि लाभांश प्रस्ताव सार्वजनिक भएको छ ।
क्यापिटलको साउन ३२ गतेको सञ्चालक समितिको बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ को लागि २० प्रतिशत र एनएमबि फिफ्टीको लागि ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांशका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस