aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अपि पावरले बोलायो साधारण सभा, बोनस पश्चात हकप्रदको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ भदौ २०७८
अपि पावरले बोलायो साधारण सभा, बोनस पश्चात हकप्रदको प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले भदौ २५ गते १८ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा बिहान ११ बजे सभा आव्हान गरिएको हो । 

कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले बोनस शेयर पश्चात हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाका लागि गरेको हो । 

उक्त बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । हकप्रद निष्कासनका लागि आवश्यक प्रकृया पुरा गर्न कम्पनीले सभा मार्फत सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस