
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले असोज ३ गते आठौं वार्षिक साधारण सभा डोकेको छ । कम्पनीले क्वीन्स क्याफे, अनामनगर, काठमाडौंमा बिहान ९ बजे सभा डाकेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीले अन्य जलविद्युत कम्पनीलाई प्राप्ती गर्ने विषयलाई पनि सभामा छलफल गरी अन्तिम रुप दिने तयारी गरेको छ ।
बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक सििमतलाई अख्तियारी दिने तयारी पनि कम्पनीको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस