aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माटोको नयाँ फ्रेश स्टोर सामाखुशीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ भदौ २०७८
माटोको नयाँ फ्रेश स्टोर सामाखुशीमा

काठमाडौं । गोल्यान एग्रो प्रालि लिमिटेडले माटोको थप नयाँ फ्रेश स्टोर मंगलबारबाट सञ्चालनमा ल्याएको छ । गोल्यान एग्रोले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंको समाखुशीमा माटोको नयाँ फ्रेश स्टोर सञ्चालनमा ल्याएको हो ।   

उक्त स्टोरको उद्धघाटन पूर्व सभामुख ओनसरि घर्तीले गरेकी हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै घर्तीले माटोले आफ्नो उत्पादनहरुलाई थप गुणस्तरिय बनाएर उपभोक्ताको मन जित्न लाग्नुपर्ने बताईन् । त्यस्तै, उनले यस्तो स्टोरहरु देशका अन्य ठाउँहरुमा पनि विस्तार सुझाव दिईन् ।  
 
साथै, उद्धघाटन कार्यक्रममा गोल्यान एग्रो प्रालीका अध्यक्ष पवन गोल्यानले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै नेपालको उत्थान गर्ने एक मात्र उद्देश्यका साथ माटोको स्थापना भएको बताए । उनले स्थानिय स्रोत भएको, प्राङगरिक रुपमा उत्पादित ताजा खाद्य सामाग्री नेपाली कृषक र उपभोक्ताहरु बिचको दुरी कम गर्न एक कदम अगाडी बढाएको बताए ।  

हाल माटोको स्टोर सानेपा, नारायणथान, कुपन्डोल, गोल्फुटार, नयाँ बानेश्वर, झम्सिखेल र नक्सालमा सञ्चालनमा छन् । साथै, यस स्टोरले पाँच सय मिटरसम्मको दुरीमा निशुल्क डेलिभरि पनि गर्ने जनाइएको छ ।  
 
 

प्रतिक्रिया दिनुहोस