aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्वेत–गंगा हाइड्रोपावरले आईपीओ निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ भदौ २०७८
श्वेत–गंगा हाइड्रोपावरले आईपीओ निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ४७ करोड ७९ लाख बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ विक्री गर्ने भएको हो । आयोजना प्रभावित स्थानिय, कर्मचारी र सर्वसाधारण सहित ३० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको पानी सदुपयोग गरी कम्पनीले २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाखको आधारमा ३० प्रतिशत आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

आईपीओ विक्रीका लागि भएको सम्झौतामा मंगलवार सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. श्री सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निर्र्माण गरिरहेको यस आयोजना बाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको हाल ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीको भनाई छ । 


 

प्रतिक्रिया दिनुहोस