_20210817211733.jpg)
काठमाडौं । विपन्न वर्गका लागि २० युनिट बिद्युत निशुल्क प्रदान हुने भएको छ । उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाल चेम्वर अफ कमर्ससँगको भेटमा यस्तो बताइकी हुन । उनले मुलुकको समृद्धिको आधारशीला कृषि,उर्जा तथा पर्यटन क्षेत्र रहेको बताइन । कृषि क्षेत्रको बिकासको लागि विद्युतीय प्रयोगमा वृद्धि ल्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइने वताइन । यसका लागि सिंचाइको लागि सहुलियत दरमा बिद्युत प्रदान गरिने उल्लेख गरिन ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्नु हुंदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका थिए । उनले निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने बताए ।
यसका अतिरिक्त चेम्वर अध्यक्ष मल्लले रेमिट्यान्स वापत नेपालमा भित्रिने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको परिस्थितिमा बैंकिङ च्यानल मार्फत भित्रिने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीतिको आवश्यकता रहेको औल्याए । साथसाथै भारत,बंगलादेश लगायत दक्षिण एशियाली क्षेत्रमा द्रुतगतिले आर्थिक उन्नतिको मार्गमा अग्रसर भइ रहेकाले ती मुलुकहरुमा बिद्युत बजार बिस्तार गर्न निरन्तर रुपले कुटनीतिक पहल गरिनु पर्ने बताए ।
विद्युत उर्जा मार्फत पेट्रोलियम पदार्थको आयात बिस्थापन गर्न स्थानीय स्तरमा विद्युत उपभोग बढाउने रणनीति ल्याउन पनि आग्रह गरे । उर्जा क्षेत्रमा लगानी वढाउन हेजिङ सम्वन्धी व्यवस्था, जग्गा प्राप्तीको लागि सरलीकरण, आयकर छुट,प्रसारण लाइन र सबस्टेशन निर्माण सम्वन्धी रणनीतिक योजना वारे पनि सुझावहरु प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा चेम्वरका उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, तथा चेम्वर कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, सुरेन्द्र शारडा तथा चेम्वर अन्तरगत उर्जा समितिका सभापति नरेन्द्र वल्लभ पन्त तथा सह सभापति उत्तर कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस