aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले गरे लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ भदौ २०७८
सिटिजन्स म्युचुअल फण्ड १ र २ ले गरे लाभांश प्रस्ताव

काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाले लाभांश सार्वजनिक गरेका छन् । सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले लाभांश प्रस्ताव गरेका हुन् । 

योजना व्यवस्थापक सिविआईएल क्यापिटलको भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाका इकाईधनीहरुलाई एउटै अनुपातमा कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि तय हुने क्यापिटलले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस