aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ भदौ २०७८
अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी  काठमाडौं ल्याइएको छ । 

उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस