aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिनर्जी पावरको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ भदौ २०७८
सिनर्जी पावरको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने भदौ ३ गते अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ७३ करोड ३२ लाख ५० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्तावित १० प्रतिशत बोनस शेयरपश्चात कायम हुने चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय समेत गरेको छ ।

उक्त लाभांश र हकप्रद शेयर विक्रीको प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ ३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष कम रू. ८ करोड ३५ लाख ७७ हजार रहेको छ । विद्युत विक्रीबाट गत चौथो त्रैमाससम्म रू. २० करोड १५ लाख ७५ हजार आम्दानी गरेको कम्पनीले रू. ८ करोड २७ लाख ४९ हजार खुद नाफा गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव २९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ४० रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस