काठमाडौँ। बजाज पल्सर एभरेष्ट प्रिमियर लीग (ईपीएल) को नेपालका लागि प्रसारण र डिजिटल अधिकार एडपाडले प्राप्त गरेको छ। नेपालको नम्बर १ खेलकुद प्रतियोगिताको प्रसारण र डिजिटल अधिकार प्राप्त गरेकोमा आफूले गर्व महसुस गरेको एडपाडद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
उक्त खेलको प्रि–सीजन शो सेप्टेम्बर १० अर्थात भदौ २५ गते हुँदैछ । साँझ ७ बजेबाट सो खेल शुरू हुनेछ । एडपाडले खेलकुद प्रसारणमा नेपालको सबैभन्दा ठुलो लगानीकर्ता आफू रहेको उल्लेख गर्दै सधैँ खेलकुदमा काम गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।
एडपाडसँग नेपाली पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजक अधिकार पनि छ। यसअघि बजाज पल्सर त्रि-राष्ट्र शृङ्खलामा पनि एडपाड साझेदार थियो। यो कम्पनी नेपाल लोक स्टारमा पनि साझेदार थियो। लोक दोहोरी विधामा नेपालको सबैभन्दा ठुलो लगानीकर्ता रहेको यो कम्पनीले नेपाल आइडल सिजन ३ मा पनि काम गरेको थियो।
प्रतिक्रिया दिनुहोस