aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अफगानिस्तानमा तालिबान आउँदा नेपालमा बढ्यो बदामको दाम !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ भदौ २०७८
अफगानिस्तानमा तालिबान आउँदा नेपालमा बढ्यो बदामको दाम !

काठमाडौँ। अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनले आर्थिक रूपले नेपालमा समेत असर पार्ने देखिएको छ। अफगानिस्तानबाट भारत हुँदै नेपालमा भित्रिने बस्तुको मूल्यमा वृद्धि हुने देखिएका कारण यस्तो स्थिति बनेको हो। 

अहिले अफगानिस्तानबाट भारतमा आयात हुने ड्राइ फुड (सुक्खा फल) को व्यापारलाई अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनले नराम्रो असर पारेको छ। तालिबानले अफगानिस्तानमा कब्जा गरेसँगै भारतसँगको व्यापार बन्द गरेको छ। अफगानिस्तानबाट आउने अञ्जीर, बदाम, किसमिस, पिस्ता, खुबानीको आयात प्रभावित भएको हो।

यसको कारण  अब नेपालमा पनि त्यस्ता ड्राइ फुडको मूल्यमा उल्लेख्य वृद्धि हुने देखिएको छ।  किनभने नेपालमा भारतबाट नै पनि यस्ता वस्तुको ठुलो परिमाणमा आयात हुने गरेको छ। भारतमा मूल्य बढेसँगै नेपाली बजारमा समेत यस्ता वस्तुको मूल्यमा भारी वृद्धि देखिएको एक व्यापारीले बताएका छन्। मूल्यमा वृद्धिको कारण अब त्यस्ता बस्तुको बिक्रीमा पनि गिरावट आउने भएका कारण व्यापारीहरू पनि चिन्तित छन्। 

केही दिन अघिको प्रमुख सुक्खा फलहरूको भारतीय बजारमा रहेको मूल्यहरूको तुलना गर्ने हो भने १० दिन पहिले अञ्जीर को मूल्य ८०० भारतीय रुपैयाँ प्रति किलो थियो जो १२०० भारतीय रुपैयाँसम्म बढेको छ। खुबानी पहिले ४०० रुपैयाँ किलोमा बेचिन्थ्यो। यसको मूल्य पछिल्लो १० दिन देखि बढ्दै आएर ६००  रुपैयाँ प्रति किलोमा पुगेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अफगानिस्तानमा भएको घटनापछि पिस्ताको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। पिस्ता पहिले १८०० भारतीय रुपैयाँ प्रति किलोमा त्यहाँको बजारमा बेचिन्थ्यो, अब यसको मूल्य बढेर २४०० रुपैयाँ प्रति किलो पुगेको छ। बदामको मूल्यमा पनि उछाल आएको छ।

१० दिन पहिलेसम्म ६५० रुपैयाँ प्रति किलोमा बिक्री हुने गरेकोमा त्यही बदाम अब ९०० भारतीय रुपैयाँ प्रति किलोमा बिक्री त्यहाँ भइरहेको छ। किसमिसको  पछिल्लो १० दिनमा प्रति किलो २ सय रुपैयाँले बढेको छ। किसमिस, जो पहिले ४५० रुपैयाँ किलोमा बेचिन्थ्यो, अब भारतीय ७०० रुपैयाँ किलोमा बिक्री भइरहेको छ।

स्मरण योग्य कुरा यो छ कि कोरोनाको समयमा दुकानदारहरूले यस्ता ड्राइ फुड बेचेर राम्रो मुनाफा कमाए। अञ्जीरलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार मानिन्छ। तर अहिले त्यसको मूल्य धेरै नै बढेको छ।

प्रतिक्रिया दिनुहोस