
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकरण प्रकृयामा रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १०३ दशमलव १७ देखि रू. ३०९ दशमलव ५१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७५/७६ सम्म रू. १०३ दशमलव १७ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीले पाउने मूल्य रेञ्ज तुलना गरिएको हो ।
कम्पनीले साउन २० गते देखि २४ गते सम्म सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ विक्री गरी साउन ३० गते बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा हालसम्मकै उक्त आवेदन परेको थियो ।
कम्पनीको आईपीओ खरिदका लागि २४ लाख १९ हजार ८४८ जनाले ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीको आइपीओ ५ लाख ५० हजारले १०/१० कित्ताका दरले पाएका थिए । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस