
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ९०६ दशमलव १० पुगेको छ । JBLB स्टक संकेतबाट कारोबार भैरहेको कम्पनीको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रतिकित्ता रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।
पहिलो कारोबार दिन प्रतिकित्ता रू. ९१४ मा खुला भएको कम्पनीको शेयरमूल्य अधिकतम न्यूनतम रू. ८९० देखि रू. ९८९ दशमलव १० सम्म पुगेर अन्तिम मूल्य रू. ९८९ दशमलव १० कायम भएको थियो ।
पहिलो कारोबार दिन १० पटकको व्यापारमा कम्पनीको १०० कित्ता शेयर कारोबार भएको थियो । हालसम्म १६ दिन कारोबार भएको कम्पनीको ४ हजार १९७ कित्ता शेयर कारोबार भएको छ । हालसम्मको अवस्थामा भदौ ३ गते सर्वाधिक ५४८ कित्ता शेयर कारोबार भएको छ ।
साउन १३ गते दोस्रो बजारमा शेयर सूचीकृत भएको कम्पनीको साउन १४ गतेदेखि शेयर कारोबार सुरु भएको हो । कम्पनीले संस्थापक तर्फको ४१ लाख ६ हजार ७०० कित्ता र सर्वसाधारण तर्फको १९ लाख ७७ हजार ३०० कित्ता समेत गरी कुल ६० लाख ८४ हजार कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको छ ।
प्रतिकित्ता रू. १०० मा आईपीओ खरिद गरेका लगानीकर्ताहरुलाई १६ दिनको कारोबार अवधिसमम प्रतिकित्ता रू. ३ हजार ८०६ रूपैयाँ नाफा भैसकेको छ । कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा सकारात्मक असर परेको हो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २३ गते बाँडफाँट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस